×

NMB BANK
NIC ASIA

सरकार बनाउन किर्ते

बहुमत पुर्‍याउन आफ्नो नाम गणना गरिएको बारे गण्डकीका सभामुख– मैले हस्ताक्षर गरेको छैन

कास्की | चैत २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि गरिएको दाबीमा बहुमत पुर्‍याउन आफ्नोसमेत गणना भएको बारे प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले हस्ताक्षर नगरेको बताएका छन् ।

Muktinath Bank

धितालको समेत नाम जोडेर गरिएको दाबीका आधारमा प्रदेश प्रमुखले एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुख निर्वाचित भएपछि मैले दलको सदस्यबाट राजीनामा गरिसकेको हुँ, कसैलाई मुख्यमन्त्री बनाउन  मैले हस्ताक्षर गरेको छैन । गर्न मिल्ने कुरा पनि भएन’, धितालले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

माओवादीका अर्का एक सांसदले संसदीय दलको नेताको हस्ताक्षर गरेर लेटरप्याडमा संख्या मात्र जनाइएको हो । बहुमत पुर्‍याउन गरिएको दावीमा सभामुख धितालको संख्या जोडिएको छ । ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको आवश्यक पर्छ ।

Vianet communication
Laxmi Bank

नेकपा एमालेका २२, माओवादीका ८ (सभामुख समेत) र स्वतन्त्र दीपक मनाङेलाई जोडेर ३१ जनाको दावी गरिएको थियो । सभामुखलाई गणना गरेर मुख्यमन्त्री नियुक्ति नगर्न कांग्रेसले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई ध्यानाकर्षण गराएको थियो । 

फागुन २१ को राजनीतिक समीकरणपछि प्रदेश प्रमुख नियुक्त भएका भट्टले एमाले–माओवादीले बहुमतको दाबी गर्नासाथ मुख्यमन्त्री नियुक्त गरेका हुन् । सभामुखको समेत नाम जोडेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसले संवैधानिक उपचार खोज्ने चेतावनी दिएको छ । 

यसअघि कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने बेला सभामुख बाबुराम गौतमले दिएको मतलाई सर्वोच्चले अवैध भनेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x