१० साउन २०८३, आइतबार
सरकार बनाउन किर्ते

बहुमत पुर्‍याउन आफ्नो नाम गणना गरिएको बारे गण्डकीका सभामुख– मैले हस्ताक्षर गरेको छैन

चैत २५, २०८०
कास्की
बहुमत पुर्‍याउन आफ्नो नाम गणना गरिएको बारे गण्डकीका सभामुख– मैले हस्ताक्षर गरेको छैन

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि गरिएको दाबीमा बहुमत पुर्‍याउन आफ्नोसमेत गणना भएको बारे प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले हस्ताक्षर नगरेको बताएका छन् ।

धितालको समेत नाम जोडेर गरिएको दाबीका आधारमा प्रदेश प्रमुखले एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिसकेका छन् । 

‘सभामुख निर्वाचित भएपछि मैले दलको सदस्यबाट राजीनामा गरिसकेको हुँ, कसैलाई मुख्यमन्त्री बनाउन  मैले हस्ताक्षर गरेको छैन । गर्न मिल्ने कुरा पनि भएन’, धितालले लोकान्तरसँग भने । 

माओवादीका अर्का एक सांसदले संसदीय दलको नेताको हस्ताक्षर गरेर लेटरप्याडमा संख्या मात्र जनाइएको हो । बहुमत पुर्‍याउन गरिएको दावीमा सभामुख धितालको संख्या जोडिएको छ । ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको आवश्यक पर्छ ।

नेकपा एमालेका २२, माओवादीका ८ (सभामुख समेत) र स्वतन्त्र दीपक मनाङेलाई जोडेर ३१ जनाको दावी गरिएको थियो । सभामुखलाई गणना गरेर मुख्यमन्त्री नियुक्ति नगर्न कांग्रेसले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई ध्यानाकर्षण गराएको थियो । 

फागुन २१ को राजनीतिक समीकरणपछि प्रदेश प्रमुख नियुक्त भएका भट्टले एमाले–माओवादीले बहुमतको दाबी गर्नासाथ मुख्यमन्त्री नियुक्त गरेका हुन् । सभामुखको समेत नाम जोडेर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै नेपाली कांग्रेसले संवैधानिक उपचार खोज्ने चेतावनी दिएको छ । 

यसअघि कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने बेला सभामुख बाबुराम गौतमले दिएको मतलाई सर्वोच्चले अवैध भनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्