१२ साउन २०८३, मंगलबार

अर्जुन कुमालको शतकले पनि जितेन नेपाल ए, आयरल्यान्ड वुल्भ्सद्वारा शृंखला 'क्लीन स्विप'

चैत २५, २०८०
काठमाडौं
अर्जुन कुमालको शतकले पनि जितेन नेपाल ए, आयरल्यान्ड वुल्भ्सद्वारा शृंखला 'क्लीन स्विप'

आयरल्यान्ड वुल्भ्सले 'नेपाल ए'विरुद्धको एक दिवसीय क्रिकेट शृंखला क्लीन स्विप गरेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा पाहुना टोलीले ६९ रनको शानदार जीत दर्ता गर्‍यो ।

२८५  रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३९ ओभर ४ बलमा २१५ रन जोड्दा अलआउट भयो । नेपालको पारीमा युवा ब्याटर अर्जुन कुमालले १०२ रनको शानदार योगदान गरे पनि अधिकांश ब्याटर चलेनन् ।

ओपनिङमा आएका अर्का ब्याटर अर्जुन साउदले ३६ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड वुल्भ्सले ९ विकेट गुमाएर २८४ रनको स्कोर खडा गरेको थियो । उसका लागि स्टेफन डोहेनीले १०७ रनको पारी खेलेका थिए ।

यससँगै आयरल्यान्ड वुल्भ्सको नेपाल यात्रा टुंगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्