
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।
सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो ईभी नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो ।
टियागो ईभी नेपालको विद्युतीय चार पांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक हो ।
हालसम्म यस गाडीका १,५०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ । यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्साएको रुचि र मागको कारण मार्चसम्म लम्ब्याइएको थियो ।
कम्पनीका अनुसार २०२४ अप्रिलको ५ तारिखदेखि टियागो ईभीको शुरूवाती मूल्यको अवधि सकिएको छ ।

नेपालमा उपलब्ध टियागो ईभीको सबै मोडलहरूमा एक लाखले मूल्य वृद्धि भएको छ ।
टाटा आफैंमा प्रतिष्ठित तथा विश्वसनीय ब्रान्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसाबले पनि नेपालका लागि उपयुक्त रहेको छ । टियागो ईभीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीका पाँच वटा प्रमुख विशेषताहरु कार्य कुशलता, प्रविधि, विश्वसनियता, चार्जिङ र आरामदायी रहेका छन् ।
अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा रहेका छन् ।
दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
सिप्रदी टियागो ईभी लगायत अन्य आफ्ना विद्युतीय सवारी साधनहरुको ग्राहकहरूलाई उत्कृष्ट ढंगले सेवा गर्न सधैं प्रतिवद्ध रहेको छ ।
यसै प्रतिवद्धता स्वरूप सिप्रदीले देशकै सबैभन्दा वृहत् ईभी चार्जिङ एवं ग्राहक सेवा सञ्जाल निर्माण गर्दै आइरहेको छ ।