
सोमबार लाग्ने सूर्य ग्रहण नेपालमा बार्नु नपर्ने बताइएको छ । ज्योतिष सुरेशचन्द्र रिजालले सोमबारे औँसी परेकाले बिहान उठेर नबोली स्नान गर्नु शुभ र कार्य सफलताको योग भने रहेको बताए ।
‘भोलि बिहान विशेष शुभ दिन,ग्रहण बार्नु पर्दैन’, उनले भने, ‘भोलि चैत्र २६ को सूर्य ग्रहण नेपालबाट नदेखिने हुँदा नेपालमा बार्नु पर्दैन तर सोमबारे औँसी परेकाले बिहान उठेर नबोली स्नान गर्नु शुभ र कार्य सफलताको योग बन्ने छ।’