०६ असार २०८३, शनिबार

फेरि कमल थापा र पशुपतिशमशेरको पार्टीबीच एकता हुँदै ?

कात्तिक २०, २०७४
फेरि कमल थापा र पशुपतिशमशेरको पार्टीबीच एकता हुँदै ?
काठमाडौँ, २७ असोज- एकीकरणको ८ महिनामै पार्टी फुटाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका पशुपतिशमशेर राणाले कमल थापा नेतृत्वको राप्रपासँग पुनः पार्टी एकीकरण गर्ने तयारीमा जुटेको बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।thapa rana

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा राणाले दुई–चार दिनमै पार्टी एकीकरण गर्ने तयारीमा आफू रहेको बताए । ‘राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई–चार दिनमै एकता गर्ने तयारीमा हामी लागेका छौँ,’ राणाले भने, ‘त्यसका लागि दुई पार्टीका नेताबीच छलफल भइरहेको छ ।’ राप्रपा नेपाल र राप्रपाबीच ६ मंसिरमा पार्टी एकीकरण भएको थियो । त्यसको ८ महिना नबित्दै २२ साउनमा राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । राणाले पार्टी एकताको कुरा गरे पनि कमल थापा नेतृत्वको राप्रपाका नेताले भने एकीकरण भएको वर्ष दिन नपुग्दै सत्ताका लागि पार्टी फुटाउनेहरूसँग एकीकरणको सम्भावना नरहेको बताए ।

राप्रपा प्रवक्ता सुशील श्रेष्ठले राप्रपा प्रजातान्त्रिकसँग एकीकरणको विषयमा छलफल पनि नभएको र एकीकरणको सम्भावना पनि नरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्