२४ जेठ २०८३, आइतबार

अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ– जेलेन्स्की

चैत २६, २०८०
काठमाडौं
अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ– जेलेन्स्की

युक्रेन - युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्न सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताएका छन् । 

कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । 'कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ,' किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भनेका छन् । 

उनले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताए । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उहाँले बताउनुभयो । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । 

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ । 

उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भने, 'रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो ।'

salt training

कमेन्ट गर्नुहोस्