
नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक यही चैत २७ गते मंगलवार (भोलि) बस्ने गरी बैठक आह्वान गरिएको पार्टी कार्यालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको भन्दै संसदीय छानिबन समिति गठनको माग गर्दै आएको छ ।
आज बिहान बसेको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानिबन समिति गठनको विषयलाई बटमलाइन नै बनाउने कांग्रेसले निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले छानबिन समितिको अडानबाट पछाडि नहट्ने निर्णय गरेको हो ।