०४ साउन २०८३, सोमबार

एमाले-माओवादीले फिर्ता लिए कोशी सरकारलाई दिएको समर्थन, वैकल्पिक सरकार गठनका लागि निवेदन पेस

चैत २६, २०८०
विराटनगर
एमाले-माओवादीले फिर्ता लिए कोशी सरकारलाई दिएको समर्थन, वैकल्पिक सरकार गठनका लागि निवेदन पेस

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

उनीहरूले सोमवार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङ्गलाई आफूहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

साथै एमाले-माओवादीले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न दाबीसहितको निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका छन् ।

यसअघि आजै कार्की नेतृत्वको सरकारमा सहभागी वन वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेती, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की र खानेपानी तथा सिँचाइ मन्त्री नारायण बुर्जामगरले राजीनामा बुझाएका थिए ।

कार्की गत असोज २७ गते संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका थिए ।

'...कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीज्यू'लाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउन माननीय प्रदेश प्रमुखज्यू'समक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौं', एमाले-माओवादीले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री कार्कीले बहुमत सदस्यको विश्वास गुमाई सकेकाले कोशीमा नयाँ सरकारका लागि आह्वान हुनुपर्ने एमाले-माओवादीको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्