०४ असार २०८३, बिहीबार

आगोले जलेर एक जनाको मृत्यु

चैत २६, २०८०
काठमाडौं
आगोले जलेर एक जनाको मृत्यु

धनकुटा नगरपालिका-३ कागते बस्ने बिनोद श्रेष्ठका छोरा ३ वर्षीय विवेक श्रेष्ठको आगोले जलेर मृत्यु भएको  छ ।
 सोही ठाउँ बास्ने राजु श्रेष्ठले आफ्नो बारीमा झ्यास जम्मा पारेर आगो लगाई खेत जोत्न लागेको अवस्थामा नजिकै खेलिरहेका विवेक र राजु श्रेष्ठको छोरा १० वर्षीय रोशन श्रेष्ठ आगोले जलेर घाइते भएकोमा न्यूरो अस्पताल विराटनगर हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै विवेकको मृत्यु भएको हो ।
 साथै घाइते रोशनलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल विराटनगरतर्फ रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्