काठमाडौं, २७ असोज– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ ।
हङकङको मङकोक स्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाउन सक्यो ।
हङकङका लागि ओनर जेमी अत्किन्सनले व्यक्तिगत ७६ रनको यागदान दिए भने तनवीर अफजलले ३८ रन बनाए ।
नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २–२ तथा सुशान भारीले १ विकेट लिए ।
नेपालले केहीबेरमै जवाफी ब्याटिङ थाल्दै छ ।