२३ असार २०८३, मंगलबार

सशस्त्रको गोदाममा आगलागी : छानबिन गर्न समिति गठन

चैत २७, २०८०
काठमाडौं
सशस्त्रको गोदाममा आगलागी : छानबिन गर्न समिति गठन

काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको  गोदाम घरमा (स्टोर) भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

'के कारणले आगलागि भयो ?, आगलागीबाट के कति क्षति भयो ? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने छ,' उनले भने ।

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो । सोमबार सतुङगलस्थित सशस्त्र प्रहरी बलको  गोदाम घरमा (स्टोर) भएको आगलागी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्