२७ असार २०८३, शनिबार
संसदीय दल कार्य समिति बैठक

विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

चैत २७, २०८०
काठमाडौं
विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । मंगलबार बसेको कांग्रेस संसदीय दल कार्य समिति बैठकले पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक सांसदले जानकारी दिए । 

माघमा भएको राष्ट्रियसभा निर्वाचनमा पुडासैनी निर्वाचित भएकी थिइन् । महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित भएकी हुन् । करिब पाँच दशक सक्रिय राजनीतिमा बिताएकी पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ। राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ । 

salt training

कमेन्ट गर्नुहोस्