२७ असार २०८३, शनिबार
संसदीय छानबिनको माग

सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल

चैत २७, २०८०
काठमाडौं
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल
फाइल तस्वीर

सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखसहित प्रमुख दलका नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख देवराज घिमिरेसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापा तथा नेता कृष्णप्रसाद सिटौला सहभागी छन् । 

बैठकमा सहज ढंगले सदन सञ्चार गर्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख घिमिरे आफ्नै दिदीको निधन भएकोले झापा जाने कार्यक्रम रद्द गरेर छलफलमा सहभागी भएको उनको सचिवालयले जनाएको छ । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् । 

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्ने सम्भावना छ । ​सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले सरकारलाई यसअघि नै अल्टिमेटम दिएको थियो । तर, सरकार समिति बनाउन तयार भएको छैन । कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ ।

कांग्रेसले चैत २७ गतेसम्म लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद् बैठक चल्न नदिने चेतावनी दिएको थियो । गत बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी बैठकसम्म समिति नबनाए संसद्को कामकारबाही नै अवरोध गर्ने चेतावनी दिएका थिए ।

सभामुख देवराज घिमिरेले सोमवार आयोजना गरेको चार दलका शीर्ष नेताको बैठकमा सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेको थियो ।  

कांग्रेसले संसदीय छानबिन समिति गठनको माग आफूहरूको न्यूनतम सर्त रहेकाले गठन नभए संसद् चल्न नदिने अडान राखेको थियो । 

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्