११ असार २०८३, बिहीबार

कैलालीमा घरभित्रै मृत भेटिए दिदीबहिनी

चैत २७, २०८०
धनगढी
कैलालीमा घरभित्रै मृत भेटिए दिदीबहिनी

कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।

घोडाघोडी नगरपालिका १० कने थेवरमन कलेशु चौधरीका दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार मंगलवार बिहान २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा जेठी छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेसनको औषधि खाइरहेको  प्रहरी उपरीक्षक विष्टले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्