२६ जेठ २०८३, मंगलबार

राष्ट्रपति पौडेलले गरे छिन्नमस्ता मन्दिरमा पूजा अर्चना, भन्छन् - सप्तरी मेरो मुटुमा छ

चैत २७, २०८०
सप्तरी
राष्ट्रपति पौडेलले गरे छिन्नमस्ता मन्दिरमा पूजा अर्चना, भन्छन् - सप्तरी मेरो मुटुमा छ

राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको  प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलवार बिहान दर्शन तथा पूजा अर्चना गरेका छन् । 

सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा गरेका हुन् ।

राष्ट्रपति पौडेललाई सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरेका थिए।

मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ-मधेशको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताए । यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउँदा खुसी लागेको उनको भनाइ थियो ।

उनले कोशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जरुरी रहेको बताए। 'सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु', उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्