×

NMB BANK
NIC ASIA

सहकारी ठगी प्रकरण

गृहमन्त्रीमाथि संसदीय छानबिनमा कांग्रेसको अडानपछि बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels

सहकारीको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले संसदीय छानबिनको अडान कायम राखेपछि सहमति खोज्न बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको छ । मंगलवार बस्ने प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहितको बैठक राखेका थिए । 

Muktinath Bank

कांग्रेसले संसदीय समिति गठनका लागि आजसम्मको अल्टिमेटम दिँदै अन्यथा संसद् अवरोध गर्ने चेतावनी दिएको थियो । कांग्रेस संसदीय दलको बैठकबाट गृहमन्त्रीमाथि संसदीय छानबिन गर्नुपर्ने निर्णय गरेर कांग्रेस नेताहरू बालुवाटार गएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्ण सिटौला सहभागी थिए । यस्तै सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछाने पनि बैठकमा उपस्थित थिए ।
 
बैठकमा कांग्रेसले संसदीय छानबिन समिति आफूहरूको बटमलाइन भएको बताएको थियो । सहमतिको प्रयास स्वरूप सभामुख देवराज घिमिरेले सोमवार प्रमुख दलसँग छलफल गरेका थिए । 


Advertisment
Nabil box
Kumari

बालुवाटार बैठकमा सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक मंगलवार ११ बजेका लागि बोलाइएको थियो । कांग्रेसँग सहमति नजुटेपछि बैठक अन्योलमा परेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x