
सत्ता र प्रतिपक्षका सांसदहरू उठेपछि प्रतिनिधि सभामा अप्रिय स्थिति सृजना भएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सचेतक सु्शीला थिङलाई समय दिए । उनले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समितिको माग गरिन् ।
थिङ बोलेपछि सभामुख देवराज घिमिरेले रास्वपाका मनिष झालाई समय दिए । झालाई समय लिएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध जनाए । कांग्रेसले उठेर विरोध जनाएपछि सत्तापक्षका सांसदहरू उठेर विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे पनि सत्ता र प्रतिक्षका सांसद उभिएका थिए । सत्ता र प्रतिपक्षीका सांसद उभिएपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक १५ मिनेटपछि फेरि बस्नेगरी स्थगित गरेका छन् ।