०९ असार २०८३, मंगलबार

घरायसी विवादमा बुवाको हत्या, छोरा पक्राउ

चैत २७, २०८०
संखुवासभा
घरायसी विवादमा बुवाको हत्या, छोरा पक्राउ

सङ्खुवासभाको पाँचखपन नगरपालिका २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगूले जानकारी दिए ।

गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाई कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्