०४ असार २०८३, बिहीबार

आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु​

चैत २७, २०८०
स्याङ्जा
आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु​

स्याङ्जाको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।​

गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको आज बिहान डुबेर मृत्यु भएको हो ।

छ जना साथीहरू पौडी खेल्न गएका थिए ।

राना पानीको रहमा डुबेपछि स्थानीयबासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए ।

बिहान १०:३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।

रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

रानासँगै पौडी खेल्न गएका उनका साथीहरूलाई प्रहरीले सोधपुछ थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्