०३ साउन २०८३, आइतबार

इलाम र बझाङका उम्‍मेदवारको अन्तिम नामावली प्रकाशित

चैत २७, २०८०
काठमाडौं
इलाम र बझाङका उम्‍मेदवारको अन्तिम नामावली प्रकाशित

इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले उम्‍मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।

कार्यालयले मनोनयन दर्ता गरेका २० जनामध्ये स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईँले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ ।

इलाम– २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको थियो । १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्नसमेत प्रदान गरिएको छ ।

इलाम–२ मा उम्मेदवारी दिनेमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलनकुमार योङ्गहाङ्ग लिम्बू, एकीकृत समाजवादीका जीतबहादुर राई छन् । 

यस्तै राप्रपाकीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेमकिपाका श्याम नेपाली, एमएनओका मणिकुमार लिम्बू, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार पनि छन् । 

यसैगरी स्वतन्त्रतर्फ डकेन्द्रसिं थेगिम, डाकप्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुनबहादुर शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ, राज बस्यालले समेत मनोनयन दर्ता गराएका छन् ।

यस्तै बझाङको प्रदेशसभा (१)१ को प्रदेशसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्