
काठमाडौं, २७ असोज – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई विकेट गुमाएको छ । ओपनर सागर पुन ३ रनमै आउट भए । त्यसपछि अर्का ओपनर ज्ञानेन्द्र मल्ल पनि आउट भए । अहिले कप्तान पारस खड्का र दिपेन्द्रसिंह ऐरी क्रिजमा खेलिरहेका छन् । एक सय ९५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ५१ रन जोडिसकेको छ ।