२३ जेठ २०८३, शनिबार

काठमाडौँमा बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

चैत २८, २०८०
काठमाडौं
काठमाडौँमा बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ कला प्रदर्शनी गरिएको छ ।

 गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृत विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र सञ्जयकुमार दासको कला प्रदर्शनी गरिएको हो ।

 चौधरीद्वारा बनाइएका बङ्गलादेशका वरिष्ठ मूर्तिकार नोबेरा अहमेदका सन् १९६० मा प्रदर्शनी भएका मूर्तीहरुको फोटोग्राफी उक्त प्रदर्शनीमा राखिएको फाउण्डेशन कला तथा संस्कृत विभाग प्रमुख श्यामसुन्दर यादवले जानकारी दिए । 

प्रदर्शनीमा कलाकार दासको समसाययिक कलाहरु राखिएका छन् । बङ्गलादेशको जनजीवन, कला, संस्कृति, रहनसहनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । यही चैत २५ गतेदेखि सुरु भएको प्रदर्शनी भोलिसम्म सञ्चालन हुने  आयोजकले जनाएको छ । विभागले यसअघि विभिन्न देशका कलाकारको कला प्रदर्शन गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्