२४ असार २०८३, बुधबार
चुनौती बन्दै विद्युतीय फोहोर

विश्वभर बढ्दै छ 'ई-वेस्ट'को भार : बर्सेनि फोहोरमा फ्याकिन्छन् करोडौं मोबाइल फोन

चैत २८, २०८०
काठमाडौं
विश्वभर बढ्दै छ 'ई-वेस्ट'को भार : बर्सेनि फोहोरमा फ्याकिन्छन् करोडौं मोबाइल फोन
तस्वीर: एपी

संसारमा मोबाइल फोनको प्रयोग बढ्दो छ । यसले मानिसहरूको कामलाई सहज त बनाएको छ नै सँगै समस्या पनि उत्पन्न गराइरहेको छ । जसमध्ये एउटा हो बढ्दो इलेक्ट्रोनिक फोहोर(ई-वेस्ट)को समस्या । उपभोक्ताहरूले बारम्बार सङ्कलन गर्ने साना इलेक्ट्रोनिक उत्पादनहरूमा मोबाइल फोन चौथो स्थानमा छ।

वी फोरुमको रिपोर्टअनुसार विश्वभर एक हजार ६०० करोडभन्दा बढी मोबाइल फोन प्रयोगमा छन् । जसमध्ये करिब एक तिहाइ अर्थात् ५३० करोड यो वर्ष फोहोरमै फालिने छन् ।

फालिने यी फोनहरू एकअर्कामाथि मिलाएर राखियो भने तिनीहरूको कुल उचाइ लगभग ५० हजार किलोमिटर हुनेछ । जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा लगभग १२० गुणा बढी हो ।

इन्टरनेशनल वेस्ट इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इक्विपमेन्ट फोरम (डब्ल्यूईईई) ले जारी गरेको प्रतिवेदनमा धेरैले पुराना फोनलाई रिसाइकल गर्नुको सट्टा साथमा राख्ने गरेकाले इलेक्ट्रोनिक फोहोर वर्षैपिच्छे बढ्दै गएको छ । 

विश्वभर बढ्दो इलेक्ट्रोनिक फोहोर आफैंमा ठूलो समस्या बन्दै गएको छ । तथ्याङ्कअनुसार २०२२ मा उत्पादित सेलफोन, विद्युतीय टूथब्रस, टोस्टर र क्यामेरा आदिजस्ता साना इलेक्ट्रोनिक उपकरणहरूको कुल वजन करिब २४.५ मिलियन टन बराबर छ । जुन गिजाको ग्रेट पिरामिडको तौलभन्दा चार गुणा हो । यी साना इलेक्ट्रोनिक उत्पादनहरूले विश्वव्यापी कुल इलेक्ट्रोनिक फोहोरको लगभग ८ प्रतिशत ओगटेको छ।

सन् २०२१ मा ५७ मिलियन टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो। इलेक्ट्रोनिक उपकरणको तौल चीनको ग्रेट वालभन्दा धेरै रहेको अनुमान गरिएको छ । जुन पृथ्वीमा मानिसले बनाएको अहिलेसम्मकै गह्रौं वस्तु हो।

२०२० मा जारी गरिएको ग्लोबल ई-वेस्ट मनिटर प्रतिवेदन अनुसार सन् २०१९ मा करिब ५४ मिलियन मेट्रिक टन इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो। सन् २०१४ देखि पछिल्ला पाँच वर्षमा यो इलेक्ट्रोनिक फोहोर करिब २१ प्रतिशतले बढेको छ । २०३० सम्म यो बढेर ७४ मिलियन मेट्रिक टन पुग्ने अनुमान छ।

सन् २०१९ मा विश्वभर विद्युतीय फोहोरको १७.४ प्रतिशत मात्र संकलन र पुन: प्रयोग गरिएको अनुमान गरिएको छ। यसको मतलब बाँकी ८२.६ प्रतिशत फलाम, तामा, चाँदी, सुन र अन्य बहुमूल्य धातुहरू फोहोरमै फ्याँकिएको वा जलाइएको छ।

यदि यो समस्यालाई राम्ररी व्यवस्थापन गर्न नसके आगामी ३० वर्षमा विश्वव्यापी इ–वेस्टको मात्रा दोब्बर भएर १० करोड टन पुग्ने अनुमान छ । धेरै देशहरूमा इलेक्ट्रोनिक्सको खपत तीव्र रूपमा बढिरहेको छ ।

 

विद्युतीय सामान बिग्रिएपछि वा समय सकिएपछि फोहोर भन्दै फाल्ने प्रवृत्ति छ । त्यस्ता सामानमा प्रयोग भएका रसायन र मर्करी मानवसम्म आउन सक्छन्, जुन जनस्वास्थ्यका लागि घातक मानिन्छ । तीव्ररूपमा बढ्दो विद्युतीय सामग्री प्रयोगले देशका ठूला शहरहरूमा ‘ई–वेस्ट म्यानेजमेन्ट’ प्रमुख चुनौतीको रूपमा खडा भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्