
नेपाली कांग्रेस र राप्रपाको अवरोध भएपछि प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गतेसम्मको लागि स्थगित भएको छ ।
आकस्मिक समय लिएर सांसदहरूले बोलेपछि शून्य समय शुरू भएलगत्तै कांग्रेस र राप्रपाका सांसदले बैठक अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
बुधवार पनि सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठन गर्न कांग्रेस र राप्रपाका सांसदले माग गरेका छन् ।
सभामुखले बैठक सञ्चालनको लागि पटक-पटक आग्रह गरे पनि कांग्रेस र राप्रपाका सांसद बस्न मानेनन् ।
विशेष समयपछि कांग्रेस र राप्रपाका सांसद उठेर विरोध जनाएपछि सभामुखले निर्धारित सम्पूर्ण कार्यसूची हटाएको जानकारी दिँदै बैठक स्थगितको घोषणा गरेका हुन् ।
प्रतिनिधि सभाको अर्काे बैठक आगामी वैशाख २ गते आइतवार बिहान ११ बजे बस्नेछ ।