×

NIC ASIA

१० दशमलव ७१ अङ्कले घट्यो नेप्से, ३ अर्ब ४८ करोडको कारोबार

काठमाडाैं | चैत २८, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

Muktinath Bank

आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को विन्दुमा कायम भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ ।


Advertisment
Nabil box
Kumari

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

Vianet communication

सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ५० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

त्यसैगरी जीवन बीमा समूह एक दशमलव २५, लघुवित्त एक दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बीमा समूह एक दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।​​

मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १२ करोड ५४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार सात सय आठ कित्ता शेयर किनबेच भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

जेठ ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति ल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x