
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ ।
यस योजनामा सहभागी हुन ग्राहकहरूले टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै जुनसुकै ब्रान्डका गाडीहरू एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।
नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक शोरुममा गई नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।