०५ असार २०८३, शुक्रबार

सामुदायिक वनमा चिया खेती

चैत २९, २०८०
काठमाडौं
सामुदायिक वनमा चिया खेती

म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ । सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रूपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्ल ठकुरीले जानकारी दिए । 

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रूपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ ।

'हामीले परीक्षणको रूपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्,' उनले भने, 'चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा  बिरुवा थप्ने योजनामा छौँ ।' गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो । 

salt training

कमेन्ट गर्नुहोस्