
काठमाडौं, २७ असोज — केही वर्षयता चीन एक शक्तिशाली अर्थतन्त्रका रूपमा उदाएको छ । चीनले अनेकौं देशमा आफ्नो व्यापार फैलाएको छ । उसलाई यसका लागि आफ्नो गजबको रेलवे नेटवर्क र सडक तथा पुलहरूले सहायता गरेका छन् ।

आजको समयमा पाकिस्तानदेखि म्यान्मारसम्म चीनले बनाएका सडकहरू छन् । यी सडकहरूका कारण परिवहन खर्च स्वात्तै घटेको छ । अनि यी सडकले रोजगारी पनि सृजना गरेका छन् ।
चीनको विकास निर्माण र यातायात क्षेत्रले देशलाई पूरै बदलिदिएको छ । आफ्नो देशभित्र नै चीनले पुलहरूको जालो नै बिछ्याएको छ । संसारभरिका पर्यटकहरू अहिले चीनको चमत्कार हेर्नका लागि त्यहाँ पुग्ने गर्छन् ।
हेरौं तस्वीरहरू :







एजेन्सी