२७ असार २०८३, शनिबार

यसरी बनाउनुस् नरिवलको लड्डु

कात्तिक २०, २०७४
यसरी बनाउनुस् नरिवलको लड्डु

काठमाडौं, २७ असोज — यो पर्वको माहोलमा तपाईं घरमै केही मीठो खानेकुरा बनाउने सोचिरहनुभएको छ भने नरिवलको लड्डु बनाउनुस् । यो बनाउन सजिलो छ ।


सामग्री

कोरिएको नरिवल ११० ग्राम
कन्डेन्स्ड मिल्क १३० ग्राम
अलैंचीको धूलो एक चौथाइ सानो चम्चा
घिउ आवश्यकताअनुसार
चिनी स्वादअनुसार

विधि
एउटा कचौरामा कोरिएको नरिवल, कन्डेन्स्ड मिल्क, चिनी र अलैंचीको धूलो हालेर मज्जाले मिसाउनुस् ।

अब हातमा अलिकति घिउ लगाउनुस् र माथि बनाएको मिश्रण अलिकति लिएर डल्लो आकारमा मुछ्नुस् । यही तरिकाले लड्डु बनाउँदै जानुस् ।

यो लड्डु केही बेर चिसोमा राखेर साह्रो भएपछि खान मज्जा हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्