१९ असार २०८३, शुक्रबार

बाहुबलीलाई भेट्न हैदराबाद पुगिन् श्रद्धा कपूर, तर किन?

कात्तिक २०, २०७४
बाहुबलीलाई भेट्न हैदराबाद पुगिन् श्रद्धा कपूर, तर किन?

मुम्बई – ‘बाहुबली २’ पछि प्रभास अब चलचित्र ‘साहो’ को शूटिङ शुरु गरिरहेका छन् । फिल्मको मुख्य भूमिकामा श्रद्धा कपूरले भूमिका निभाउँदै छिन् । त्यही फिल्मको शूटिङका लागि श्रद्धा हैदराबाद पुगेकी छिन् ।

श्रद्धाको चलचित्र ‘हसिना पारकर’ रिलिज हुँदैछ । यतिबेला उनलाई दुवै फिल्मलाई कसरी मिलाएर लैजाने भन्नेमा पनि उनी चनाखो देखिएकी छिन् । त्यसैले पनि उनले फिल्म ‘साहो’ को दुई या तीन दिन मात्र शूटिङ गर्ने तालिका बनाएकी छिन् । शूटिङपछि उनी फेरि ‘हसीना पारकर’ को प्रचारका लागि समय छुट्याउने भएकी छिन् ।

उनले मिडियासँग कुरा गर्दै आफू प्रभाससँग काम गर्न उत्साहित भएको जनाएकी छिन् । भलै उनले हिन्दी बाहेक अन्य चलचित्रमा भने काम गरेका छन् । त्यसैले पनि ‘साहो’ मा काम गर्नका लागि नयाँ अनुभव पनि हुनेछ ।
श्रद्धा चाहन्छिन् कि, फिल्मका लागि हामीले कुनै कसर बाँकी नराख्ने बताएकी छिन् । त्यसैले पनि उनले आफ्नो फिल्मको प्रचारमा पनि कमजोरी नछोड्ने बताएकी छिन् ।

श्रद्धाले केही समयअभिन साइना नेहवालको बायोपिकमा बन्न लागेको चलचित्रमा पनि काम गर्दैछिन् । फिल्मका लागि उनले ब्याण्डमिन्टनको तालीम पनि लिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्