१३ असार २०८३, शनिबार

शुक्रवार किन भएन नयाँ मन्त्रीहरूको सपथ ?

कात्तिक २०, २०७४
शुक्रवार किन भएन नयाँ मन्त्रीहरूको सपथ ?
काठमाडौं २७ असोज– निर्वाचन आचार संहिता लागू भइसकेको अबस्थामा मन्त्रीलाई सपथ गराउने कि नगराउने भन्ने राष्ट्रपति कार्यालयको अलमलका कारण शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी अन्योलमा परेको छ ।

प्रधानमन्त्री देउवाले शुक्रवार राप्रपा अध्यक्ष कमल थापा सहित राप्रपाका सांसदलाई मन्त्री बनाउने तयारी गरेका थिए । नयाँ मन्त्रीलाई सपथ गराउन मिल्ने नमिल्ने बिषयमा राष्ट्रपति कार्यालयले निर्वाचन आयोगसंग परामर्श गरेको स्रोतको दावी छ ।

‘आचार संहिता लागू भइसकेको अबस्थामा सपथ गराउन मिल्ने कि नमिल्ने भन्ने बिषयमा परामर्श भइरहेको छ, आयोगको सुझाव आएपछि मात्र निर्णय होला’ राष्ट्रपति कार्यालय स्रोतले लोकान्तरसंग भन्यो ।

यसअघि राप्रपा प्रजातान्त्रिकका मन्त्रीलाई सपथ गराएको बिषयमा निर्वाचन आयोगले आपत्ति जनाएको थियो । नेकपा एमाले, माओवादी केन्द्र लगायत दलले मन्त्रिपरिषद् बिस्तार गर्ने देउवाको तयारीप्रति आपत्ति जनाउदै आएका छन् ।

राप्रपाका ४ मन्त्रीलाई सहभागि गराएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । राप्रपाले अध्यक्ष कमल थापा सहित, जयन्त चन्द, दीलनाथ गिरी र विक्रम थापाको नाम मन्त्रीका लागि सिफारिश गरिसकेको छ ।

प्रधामनन्त्री देउवाले राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्री सहित आकर्षक मन्त्रालय दिन राजी भएका राप्रपा स्रोतको भनाइ छ । ‘थापा लगायत मन्त्रीका लागि प्रस्तावित नेताहरु प्रधानमन्त्री कार्यालयको फोन कुरेर दिनभर कमल थापासंगै थिए’ स्रोतले भन्यो ।

राप्रपा अध्यक्ष थापाले चुनावलाई दुर्घटनामा पर्न नदिन राप्रपा सरकारमा सहभागि हुने बताउँदै आएका छन् । कमल थापाका सहयोगी राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपा सरकारमा सहभागि हुने कुरा कांग्रेसमा निर्भर गर्ने बताए ।

‘सरकारमा सहभागि हुने कुरा पक्का हो, राष्ट्रपति कार्यालयलबाट खवर नभएका कारण आज सपथ हुन सकेन’ राप्रपाका अर्का एक नेताले लोकन्तरसंग भने ।

सरकारमा सहभागि हुन तयारी अबस्थामा बसेको राप्रपाले चुनावमा कांग्रेससंग तालमेल गर्ने सहमति गरिसकेको छ । यसअघि बिहीवार तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार नगर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस् 

देउवाको निर्णयमा के गर्लिन् राष्ट्रपतिले ? यस्तो छ तयारी

salt training

कमेन्ट गर्नुहोस्