×

NMB BANK
NIC ASIA

संकट टार्दै प्रचण्ड

सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

काठमाडाैं | बैशाख ४, २०८१

NTC
मुख्यमन्त्रीका दाबेदार दीर्घ सोडारी ।
Premier Steels

पहिलो कार्यकालको मुख्यमन्त्री पाउने सहमति भएपछि नेकपा (एकीकृत समाजवादी)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको रेशम चौधरी पक्षका उम्मेदवार लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन भन्दै नेकपा एसले प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर बुझाएको थियो ।

Muktinath Bank

नेकपा एसलाई मुख्यमन्त्री दिने समझदारी भएपछि समर्थन फिर्ता लिइएको नेकपा एसका एक सांसदले लोकान्तरलाई जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका नेता झलनाथ खनालबीच मंगलवार बिहान भएको छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री उसलाई दिनेबारे सहमति भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा सहमति भएलगत्तै नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता गरेका हुन् । नेकपा एसबाट सोडारी नै मुख्यमन्त्री बन्ने सम्भावना छ । यसअघि नयाँ सत्ता गठबन्धनबाट नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । 


Advertisment
Nabil box
Kumari

नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । नेकपा एस बिच्किएर कांग्रेस समर्थित उम्मेदवारलाई मुख्यमन्त्री बनाउन लागेपछि प्रचण्डले सहमतिका लागि अग्रसरता लिएका थिए । 

Vianet communication

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन अप्ठ्यारोमा पर्न लागेको भन्दै पहिलो कार्यकालको मुख्यमन्त्री नेकपा एसलाई दिन नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सहमत गराएका छन् । ‘प्रधानमन्त्रीज्यूले गठबन्धन अफ्ठेरोमा पर्ने भयो अर्को कार्यकालको मुख्यमन्त्री लिन आग्रह गर्नुभएपछि हामी पछि हट्ने सहमति भयो,’ नाउपाका एक नेताले भने । 

नयाँ सहमतिअनुसार एमाले, माओवादी र नाउपाको समर्थनमा नेकपा एसका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । पूर्वसहमतिविपरीत मुख्यमन्त्री नदिइएको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x