०६ साउन २०८३, बुधबार

सुदूरपश्चिमको मुख्यमन्त्री : दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिनको समय

बैशाख ४, २०८१
काठमाडौं
सुदूरपश्चिमको मुख्यमन्त्री : दुवै दाबी अस्वीकृत, प्रदेश प्रमुखले दिए थप २ दिनको समय

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गर्दै फेरि दाबी पेस गर्नका लागि थप २ दिएको समय दिएका छन् । 

मुख्यमन्त्रीमा दाबी गर्दै परेका दुवै निवेदन अस्वीकृत गर्दै स्पष्ट दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले थप दुई दिन समय दिएका हुन्। 

प्रदेश प्रमुख मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश सभा सदस्यले आइतवार छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति लागि दाबी पेस गरेका थिए ।

प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेताको हस्ताक्षरसहितको समर्थनमा नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यस्तै, सोही पार्टीका अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेकपा (एमाले) र नाउपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

एउटै पार्टीबाट दुई जनाको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले आफ्नो पक्षमा स्पष्ट दाबी पेस गर्नका लागि वैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने प्रावधान छ । यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय तोकेका थिए ।  । नागरिक उन्मुक्तिकै दुई जनाको दाबी परेको र उसका ७ जनाको समर्थन लक्ष्मण किशोरलाई हो वा कैलाशलाई भन्ने कुराको स्पष्टता नभएकाले प्रदेश प्रमुख नजिर मियाँले दुवैको दाबी खारेज गरी वैशाख ६ गते बिहीबार बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरी मुख्यमन्त्रीमा दाबी पेस गर्न सूचना जारी गरेका छन् ।

५३ प्रदेश सभा सदस्य रहेको सुदुरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन् ।

कांग्रेस १८, माओवादी सभामुखसहित ११, नेकपा एमाले उपसभामुखसहित १०, नागरिक उन्मुक्ति पार्टी ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना सदस्य छन् ।

सरकार बनाउनका लागि २७ जनाको बहुमत आवश्यक पर्छ ।​

यस्तो छ प्रदेश विज्ञप्ति

null

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एउटै पार्टीका २ जनाको दाबी, कानूनी परामर्शमा प्रदेश प्रमुख मियाँ

salt training

कमेन्ट गर्नुहोस्