२५ जेठ २०८३, सोमबार

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

बैशाख ४, २०८१
काठमाडौं
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।​​​

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दाएर भएको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझी मंगलवार सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार बद्रीराज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्ध दायर भएको मुद्दामा विशेषले दाबी नपुग्ने फैसला गरेको थियो । विशेषको सो फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।

प्रतिवादी बद्रीराज ढकालले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ माघ १४ गतेदेखि २०७६ फागुन ३० सम्म आयभन्दा १० करोड २७ लाख ५८ हजार ४६१ रुपैयाँ बढी खर्च गरेको पाइएको थियो ।

त्यसपछि आयोगले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्