नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । प्रदेशसभा बैठक विधिसम्मत र लोकतान्त्रिक पद्धतिअनुरुप नचलाइएको भन्दै कांग्रेसले बहिस्कार गरेको हो ।
कांग्रेसको विरोधका बीच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् । यस्तै जनमत पार्टी र लोसपाले पनि प्रदेशसभाको बैठक बहिस्कार गरेको छ ।