०१ साउन २०८३, शुक्रबार

आज रामनवमी मनाइँदै

बैशाख ५, २०८१
काठमाडौं
आज रामनवमी मनाइँदै
चैते दशैको दिन गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा मङ्गलबार बिहान देखिएको भक्तजनको घुइँचो ।

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । 

हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । 

'मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ,' उनले भने, 'पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।'

salt training

कमेन्ट गर्नुहोस्