०१ साउन २०८३, शुक्रबार

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

साउन १, २०८३
काठमाडौं
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

 सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आयोगको अध्यक्ष एक जना र एक जना महिला अनिवार्य हुने गरी दुई सदस्य नियुक्तिका लागि इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले साउन १५ गते कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ।

उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम, आवेदनसँग संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक सेवा आयोगको वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्