२५ जेठ २०८३, सोमबार

सल्यानमा बस दुर्घटना : १४ जना घाइते, ४ को अवस्था गम्भीर

बैशाख ५, २०८१
काठमाडौं
सल्यानमा बस दुर्घटना : १४ जना घाइते, ४ को अवस्था गम्भीर

सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्