१२ साउन २०८३, मंगलबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

बैशाख ५, २०८१
काठमाडौं
सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८०औं सचिवालय बैठकले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार पार्टीको १०औं महाधिवेशनको तयारी लगायतका विषयमा बैठकमा छलफल भएको थियो ।

बैठक जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्