मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
काठमाडाैं | बैशाख ५, २०८१
युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फूटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज (बुधवार) थप दुई क्वार्टरफाइनल दोस्रो लेगमा खेल हुनेछन् ।
स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ । यस्तै अर्को इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिख पनि आज राति नै भिड्नेछन् । दुवै खेलको पहिलो लेग बराबरीमा सकिएको थियो ।
रियल र सिटीबीचको पहिलो खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । यो खेल रियलको घरेलु मैदानमा भएको थियो । अब दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।
यसैगरी आर्सनल र बायर्नबीचको खेल पनि २–२ गोलको बराबरीमा सकिएको थियो । यो खेल आर्सनलको मैदानमा भएको थियो । अर्को लेग बायर्नको मैदानमा हुनेछ ।
अघिल्ला खेल बराबरीमा सकिएकाले आज चारै टोली शतप्रतिशत जीतका साथ मैदानमा उत्रनुपर्ने छ । यसर्थ यी खेलहरू निर्णायक हुने भएकाले रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
त्यसमा पनि साविक विजेता सिटी र सर्वाधिक १४ पटकको विजेता रियलबीचको खेल धेरैका लागि प्रतीक्षाको विषय बनेको छ ।
मंगलवार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमन्ड सेमिफाइनलमा पुगिसकेका छन् । अब यी दुई टोलीले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
आज रातिका विजेता टोलीको भेट सेमिफाइनलमा हुनेछ ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...