२३ जेठ २०८३, शनिबार

सिटी र रियल तथा बायर्न र आर्सनल आमने–सामने हुँदैः यसअघि दुवै खेल बराबरी, अब निर्णायक प्रतिस्पर्धा

बैशाख ५, २०८१
काठमाडौं
सिटी र रियल तथा बायर्न र आर्सनल आमने–सामने हुँदैः यसअघि दुवै खेल बराबरी, अब निर्णायक प्रतिस्पर्धा

युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फूटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज (बुधवार) थप दुई क्वार्टरफाइनल दोस्रो लेगमा खेल हुनेछन् । 

स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ । यस्तै अर्को इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिख पनि आज राति नै भिड्नेछन् । दुवै खेलको पहिलो लेग बराबरीमा सकिएको थियो ।

रियल र सिटीबीचको पहिलो खेल ३–३ गोलको बराबरीमा सकिएको थियो । यो खेल रियलको घरेलु मैदानमा भएको थियो । अब दोस्रो लेग सिटीको मैदानमा हुनेछ । 

यसैगरी आर्सनल र बायर्नबीचको खेल पनि २–२ गोलको बराबरीमा सकिएको थियो । यो खेल आर्सनलको मैदानमा भएको थियो । अर्को लेग बायर्नको मैदानमा हुनेछ । 

null

अघिल्ला खेल बराबरीमा सकिएकाले आज चारै टोली शतप्रतिशत जीतका साथ मैदानमा उत्रनुपर्ने छ । यसर्थ यी खेलहरू निर्णायक हुने भएकाले रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

त्यसमा पनि साविक विजेता सिटी र सर्वाधिक १४ पटकको विजेता रियलबीचको खेल धेरैका लागि प्रतीक्षाको विषय बनेको छ ।

मंगलवार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमन्ड सेमिफाइनलमा पुगिसकेका छन् । अब यी दुई टोलीले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

आज रातिका विजेता टोलीको भेट सेमिफाइनलमा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्