०४ असार २०८३, बिहीबार

१ सय ५२ बोरा प्याज बरामद

बैशाख ५, २०८१
धनुषा
१ सय ५२ बोरा प्याज बरामद

सशस्त्र प्रहरी बलले धनुषाबाट १ सय ५२ बोरा प्याज सहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राति जिल्लाको शहिदनगर नगरपालिका-२ तिनकोरिया बिरेन्द्रबजार बाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

 शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिइएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मुल्यांकन गरि आबश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

  यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका-६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाईल बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्