२६ जेठ २०८३, मंगलबार

दिल्लीको तेस्रो जीत

बैशाख ६, २०८१
काठमाडौं
दिल्लीको तेस्रो जीत

इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सले तेस्रो जीत हासिल गरेको छ । बुधबार राति सम्पन्न खेलमा दिल्लीले गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको हो । 

९० रनको सामान्य लक्ष्य दिल्लीले ६७ बल बाँकी रहँदै ४ विकेट गुमाए पूरा गर्‍यो ।

दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्तले १६ रन बनाए । 

गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए ।

त्यसअघि ब्याटिङ गरेको गुजरातका लागि रसिद खानले सर्वाधिक ३२ रन बनाए । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीका लागि मुकेश कुमारले २.३ ओभरमा ३ विकेट लिएका थिए । इशान्त शर्माले २ ओभरमा २ विकेट लिए । ट्रिस्टन स्टुबले २, खलिल अहमद र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्