१० साउन २०८३, आइतबार

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा

बैशाख ६, २०८१
काठमाडौं
च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा

बायर्न म्युनिख र रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । जर्मन टोली बार्यन इंग्लिस क्लब आर्सनललाई र रियल साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै अन्तिम चारमा पुग्न सफल भएका हुन् । 

बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

यता सिटीलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो ।

त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो । रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुंगिएको थियो । 

बुधबारको दुई खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी) र बरुसिया डर्टमन्ड सेमिफाइनल प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्