२३ जेठ २०८३, शनिबार

राप्रपाका तीन सांसद इलाम उपचुनावको प्रचारमा

बैशाख ६, २०८१
काठमाडौं
राप्रपाका तीन सांसद इलाम उपचुनावको प्रचारमा

इलाममा हुने उपनिर्वाचनको सरगर्मी बढ्दै जॅादा राप्रपाले पनि प्रचारप्रसार तीव्र बनाएको छ। इलाम-२ मा आफ्नो पार्टीका उमेदवार लक्ष्मी गुरुङको पक्षमा माहौल बनाउन प्रतिनिधिसभाका तीन सांसद इलाम पुगेका छन्। 

प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सचेतक बिना लामा र सांसद अनिसा नेपाली इलाम पुगेर घरदैलो गरिरहेका हुन्। चुनाव घोषणा हुनासाथ हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन इलामका विभिन्न गाऊॅमा सक्रिय भइरहेका छन्। 

राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ इलाममै बसोबास गर्ने स्थानीय उमेदवार हुन्। राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना र संघीयताको खारेजी चाहने पार्टीले आफ्नो परम्परागत जनमत जोगाउॅदै गुणात्मक परिणाम निकाल्ने रणनीति बनाएको राप्रपाले जनाएको छ। 

इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ भने अन्य दलका उम्मेदवारले पनि प्रचारप्रसार तीव्र बनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्