२२ असार २०८३, सोमबार

डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस

बैशाख ६, २०८१
काठमाडौं
डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ ।

यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।​​

मिसन ८१ मा ग्राहकले ३००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै बेसिक प्लसको ३५००, र प्रिमियम लाइफस्टाईलको ४००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ ।​

ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ बिक्रेतामार्फत ग्राहकहरूले  फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।​​

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्