२६ जेठ २०८३, मंगलबार

पेस्तोल र ४ राउण्ड गोलीसहित १ जना पक्राउ

बैशाख ६, २०८१
काठमाडौं
पेस्तोल र ४ राउण्ड गोलीसहित १ जना पक्राउ

प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने काभ्रेपलान्चोकको रोसी गाउँपालिकाका ​मिमसिंह लामा छन् ।

बा १८ च ८३६१ नम्बरको स्कार्पियो गाडीमा पेस्तोल बोकेर हिँडेका लामालाई प्रहरी वृत्त बौद्धको टोलीले बिहीवार अपरान्ह नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार लामाको साथबाट सेमी अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोली बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्