०४ साउन २०८३, सोमबार

रवीन्द्र मिश्रको चुनावी अभियान शुरू, निर्वाचित भए तलब सोही क्षेत्रलाई

कात्तिक २०, २०७४
रवीन्द्र मिश्रको चुनावी अभियान शुरू,  निर्वाचित भए तलब सोही क्षेत्रलाई
काठमाडौं, २८ असोज– साझा विवेकशिल पार्टीबाट काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार रवीन्द्र मिश्रले चुनावी अभियान शुरु गरेका छन् ।

मिश्रले आमासँग आशिर्वाद लिएर चुनावी अभियान शुरु गरेका छन् । मिश्रले एक विज्ञप्ति जारी गर्दै आफूले निर्वाचन जितेको खण्डमा सांसदको रुपमा आउने तलव क्षेत्र नम्बर एकमा नै खर्च गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

साझा विबेकशील पार्टीले काठमाडौंका सवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने जनाएको छ ।

मिश्रले जारी गरेको विज्ञप्ति

रवीन्द्र मिश्रको चुनावी अभियान शुरू: निर्वाचित भए तलब सोही क्षेत्रलाई (प्रेस विज्ञप्ति: प्रकाशन, प्रशारण र 
--- निर्वाचित भएको खण्डमा सांसदले पाउने तलब क्षेत्र नं १ कै संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने प्रतिवद्धता
--- ‘खान पुगोस्, दिन पुगोस्’ आामासँग आशिर्वाद लिँदै चुनावी अभियान शुरु
मैले १३ असोज २०६७ सालमा पवित्रदेवी रायमाझीको बारेमा मेरो पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’ मा संग्रहित स्तंभ-निबन्धमा यस्तो लेखेको थिएँ:

“मेरो एकजना साथीकी आमा छिन्, पवित्रदेवी रायमाझी। उनको दिनचर्या उनको नाम जत्तिकै पवित्र रहन्छ। प्रेम, उदारता, स्वच्छता र भक्तिभाव उनका विशिष्ट गुण हुन्। दिनभरीको प्रत्यक्ष र अप्रत्यक्ष पाप गर्ने अनि साँझ-विहान भगवानको पुजा-अर्चना गरेर त्यसलाई पखान्न खोज्नेहरुको भिडमा पवित्रदेवीको घरमा प्रवेश गर्दा मलाई आफूभित्रका तूषहरू एकैछिनका लागि भएपनि मेटिएको आभाष हुन्छ।

... ‘ब्यावहारीक कल्याण’ या हरेक व्यक्तिले आफ्नो गक्ष अनुसार सकेको कल्याणकारी कामहरु गर्ने संस्कारको विकास गर्न सकियो भने समाज धेरै न्यायपूर्ण र सुसंस्कृत हुनसक्दथ्यो भन्ने मेरो विश्वास रहिआएको छ। त्यसैले ‘ब्यावहारीक कल्याण’ का कुरा म मौका पाउने वित्तिकै गरिहाल्छु। गफगाफको सिलसिलामा एकदिन पवित्रदेवीका छोरा तथा मेरा आत्मीय मित्र श्रीरामले मलाई भने, मेरी आमाले दशैंमा आशिर्वाद दिँदा सधैं भन्नु हुन्छ – “खान पुगोस्, दिन पुगोस्!” पवित्रदेवीका ती पवित्र चार शब्द मेरो जिवनमा ‘ब्यबहारीक कल्याण’ को मेरो विश्वासलाई भत्किन नदिने प्रेरणादायी शब्दहरूका रुपमा अंकीत भएका छन्।”

आज, उनै पवित्रदेवीको काठमाडौं क्षेत्र नम्बर एकमा पर्ने बानेश्वरस्थित घरमा शुभेच्छुकहरूसँग गएर उनको आशिर्वाद लिँदै मैले आफ्नो चुनावी प्रचार-प्रसार अभियानको थालनी गरेँ। उनले मलाई आशिर्वाद दिंदै भनिन्, "बाबुको सतप्रयास सफल होस्, यो देश राम्रो होस्।"

‘खान पुगोस्, दिन पुगोस्’को उनको सदविचार र आशिर्वादबाट प्रेरित भएको र भाग्यको कृपाले खान-बस्न र अलिकति दिन पुगेका कारण मैले काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय प्रतिनिधि सभाको सदस्य निर्वाचित भएको खण्डमा आफूले पाउने तलब सोही क्षेत्रका संघसंस्था र परोपकारी गतिविधिमा खर्च गर्ने निधो गरेको छु।
तपाईंको शुभाशीष सदा लागि रहोस्!

रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नम्बर १
संयोजक, विवेकशील साझा पार्टी
चुनाव चिन्हः तराजु

salt training

कमेन्ट गर्नुहोस्