काठमाडौं, २८ असोज– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको माओवादी शीर्ष नेताको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता नबोलाउने निर्णय गरेको हो ।
माओवादी शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन कायमै रहने निर्णय समेत गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई सरकारबाट बर्खास्त गर्ने तयारी गरिरहेका छन् । सोही तयारीअन्तर्गत देउवाले सवत्र विरोध भइरहँदा समेत शुक्रवार कमल थापा नेतृत्वको राप्रपालाई सरकारमा सहभागी गराएका छन् ।
अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गरेका छन् । तर निर्वाचन आचारसंहिता लागू भएको अवस्था तथा आजदेखि संसदसमेत विघटन हुने भएकाले देउवाले गरेकाे मन्त्री थप्ने निर्णय भने कार्यान्वयन हुने संभावना न्युन छ ।