१५ असार २०८३, सोमबार

जग्गासम्बन्धी विवादमा खुकुरी हानाहान, दुईजनाको मृत्यु

कात्तिक २०, २०७४
जग्गासम्बन्धी विवादमा खुकुरी हानाहान, दुईजनाको मृत्यु

बाजुरा, २८ असोज– त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज (शनिवार) बिहान ७ बजे दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो । घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए ।

भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा खुकुरी हानहान भएको हो । भाइ गोरखका तीन छोराले खुकुरी, खुँडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै र अर्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गोरख तथा उनका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्