काठमाडौं, २८ असोज– एकीकृत राप्रपा राष्ट्रपतिका वरिष्ठ नेता केशर बहादुर विष्ट पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका छन् ।
उनी राजधानीमा आयोजित एक कार्यक्रममार्फत राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् । यसैबीच एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले एक विज्ञप्ति जारी गर्दै ६ महिना एकीकृत राप्रपा राष्ट्रवादीमा रहँदा विष्टले पुर्याएको योगदानप्रति धन्यवाद दिएका छन् ।
उनले विष्टको राप्रपा प्रजातान्त्रिक पार्टीमा बसाई स्थिर रहोस् भनि कामना समेत गरेको राप्रपा प्रजातान्त्रिकका प्रचार विभाग प्रमुख जनकराज पाठकले जानकारी दिए ।